विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उम्मेदवार बनाउने भएको छ।
आज काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित एक कार्यक्रमका बीच पार्टीका युवा नेता थापालाई उम्मेदवार घोषणा गरिएको विवेकशील साझा पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।
धनेज थापा पीएचडी स्कलर हुन्। थापा लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकुलन विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत छन्।
पछिल्लो समय थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा समेत नीतिगत योगदान पुर्याएका छन्।
विभिन्न संघसंस्थामा आबद्ध थापाले समाजसेवा तथा परोपकारका क्षेत्रमा पनि उल्लेख्य काम गरेको विवेकशील साझा पार्टीले जनाएको छ।
45
Shares
प्रतिक्रिया