ad ad

राजनीति


नागरिकता विधेयकबारे राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा ५ रिट, भोलि पेसी

नागरिकता विधेयकबारे राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा ५ रिट, भोलि पेसी

नेपालखबर
असोज ६, २०७९ बिहिबार १७:५३, काठमाडौँ

संसद्‍बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पुगेको नागरिकता विधेयक प्रमाणीकरण गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्ने निर्णय गरेपछि सोको विरुद्धमा सर्वोच्च अदालतमा ५ वटा छुट्टाछुट्टै रिट दायर भएको हो। 

पाँचवटै रिट सर्वोच्च प्रशासनले दर्ता गरिसकेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार अधिवक्ताहरु सुनिलरञ्जन सिंह, सागर बराललगायतले रिट दायर गरेका हुन्। 

रिटको पेसी भोलिलाई तोकिएको प्रवक्ता पौडेलले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .