ad ad

राजनीति


राष्ट्रपतिको भूमिकाबारे जनमोर्चा तटस्थ

राष्ट्रपतिको भूमिकाबारे जनमोर्चा तटस्थ

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०७९ बुधबार १४:३४, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयकको विषयमा राष्ट्रिय जनमोर्चाले तत्काल कुनै प्रतिक्रिया नदिने भएको छ। भण्डारीका अबका कदम र गतिविधि हेरेर मात्र पार्टीको आधिकारिक धारणा बनाउने महासचिव मनोज भट्टले नेपालखबरलाई बताए।

सत्ता गठबन्धनका चार दलका तर्फबाट राष्ट्रपतिले संघीय संसदको अपमान गरेको भन्दै विज्ञप्ती जारी गरेको छ।

तर, सोही गठबन्धनमा रहेको जनमोर्चाले किन हस्ताक्षर नगरेको भन्दै प्रश्नमा महासचिव भट्टले आफूहरु चुनावी सहकार्यमा रहेको र सत्ता गठबन्धनमा नरहेको दाबी गरे। ‘हाम्रो पार्टी सत्ता गठबन्धनमा छैन,’ भट्टले नेपालखबरसँग भने, ‘चुनावी सहकार्यमा छौँ।’

यसअघि पहिलोपटक १६ साउनमा संसदको दुबै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणिकरणका पठाएपनि राष्ट्रपति भण्डारीले २९ साउनमा प्रमाणिकारण नगरी संसदमै पुनर्विचारको लागि फिर्ता पठाइदिएकी थिइन।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगरी फिर्ता गर्दा जनमोर्चाले समर्थन गरेको थियो।
‘राष्ट्रपतिको सुरुको कदमको हामीले समर्थन गरेका थियौँ,’ भट्टले थपे, ‘अब उहाँको भूमिका हेर्दैछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .