सामसङले ग्यालेक्सी ए०४एस सार्वजनिक गरेको छ।
कम्पनीले अझै नयाँ सुविधा र विशेषताको साथ नयाँ स्मार्टफोन ल्याएको जनाएको छ।
यसमा ट्रिपल रियर क्यामरा जडान गरिएको छ। एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपी को डेप्थ क्यामरा रहेको कम्पनीले जनाएको छ।
५ एमपी सेल्फी क्यामरा रहेको फोनमा ९० हर्ज रिफ्रेस रेट तथा ६.५ एचडी र अमोलेड डिस्प्ले रहेको छ। एकचोटिको चार्जमा पूरा २ दिनसम्म टिक्ने ५००० एमएएच ब्याट्री फोनमा रहेको छ।
ए०४एस कालो कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ। यसमा १२८ जीबी रोमसहित ४ जीबी र्याम भएको मोबाइलको मूल्य २१ हजार ९९९ तथा ६४ जीबी रोमसँग ४ जीबी र्यामयुक्त फोनको मूल्य १९ हजार ९९९ रुपैयाँ छ।
ए०४एसले ए शृंखलाको हरेक मूल्यदरमा गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन र आफ्नो युजरको लागि चाहिने सबै आवश्यक सुविधा र विशेषता सबैको पहुंचमा हुने मूल्यमा दिएर यो क्भचष्भक को प्रवृघिलाई कायम राख्न सक्षम रहेको छ।
Shares
प्रतिक्रिया