नेपाली कांग्रेसको संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।
समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो।
कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार बैठक बिहान साढे ८ बजे बालुवाटारमा बस्दैछ। बैठकले समानुपातिक उमेदवारको सूची टुंगो लगाउने उनले जानकारी दिए।
उक्त अन्तिम सूचीलाई कार्यसम्पादन समितिको बैठकबाट आजै पास गरी निर्वाचन आयोगमा बुझाउने तयारी छ।
कार्यसम्पादनको बैठक बस्ने स्थान र समय तय भएको नभएको उनले बताए। निर्वाचन आयोगको कार्यतालिका अनुसार आइतबार र सोमबार समानुपातिकतर्फको बन्दसूची पेश गरिनेछ। सोही अनुसार कांग्रेसले पनि आज समानुपातिक उम्मेदवार तय गरेर आयोगमा बुझाउने भएको हो।
समानुपातिकको बन्दसूची पेश गर्ने आज अन्तिम दिन हो।
27
Shares
प्रतिक्रिया