राजनीति


माओवादीको समानुपातिक सांसद छान्न मधेशमा गञ्जागोल, सोमबारमात्रै नाम बुझाइने

कार्यदलले प्रदेश इन्चार्जसँग छलफल गर्ने
माओवादीको समानुपातिक सांसद छान्न मधेशमा गञ्जागोल, सोमबारमात्रै नाम बुझाइने

फाइल तस्बिर


नेपालखबर
असोज २, २०७९ आइतबार १३:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्रले सोमबार मात्र समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउने भएको छ।

आइतबार विहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा मधेस प्रदेशमा उम्मेदवार छान्न सकस परेको र अन्य प्रदेशबाट समेत बढी सिफारिस भएपछि थप छलफल गर्ने एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए ।

‘भोलि फेरि बैठक बसेर उम्मेदवारको अन्तिम नामावली तयार पार्छौँ,’ ती सदस्यले भने, ‘मधेस प्रदेशमा गन्जागोल छ, राम्रो फङ्सन भएन अब मिलाउँछौँ।’

समानुपातिकको लागि माओवादीका आकांक्षी कति छन् भन्ने सार्वजनिक गरिएको छैन। 

सचिव राम कार्कीले पदाधिकारी बैठकमा सिफारिस संख्या नसुनाइएको बताए ।

माओवादीको समानुपातिक नामबारे अन्तिम खाका बनाउने जिम्मा महासचिव देव गुरुङ, वर्षमान पुन, गिरिराजमणि पोखरेल र शक्ति बस्नेतलाई दिइएको छ।

अब यही कार्यदलले सिफारिस भएर आएका उम्मेदवारको अन्तिम सूचि तयार पार्नेछ।

त्यसका लागि प्रदेश इन्चार्जहरुसँग आजै छलफल गर्ने र टुंगो लगाउने अर्का नेताले बताए। 

‘सम्बन्धित इन्चार्जहरुसँग बसेर टुंगो लगाउने कुरा भएको छ,’ अर्का एक पदाधिकारीले नेपालखबरसँग भने, ‘सबै प्रदेशबाट २० भन्दा बढी नाम सिफारिस भएका छन्।’

माओवादी केन्द्रले अन्तरिम संसदमा रहेकाबाहेक त्यसपछिका समानुपातिक संसद बनेकालाई यसपटक नदो¥याउने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .