राजनीति


सद्दाम समातिएको १६ वर्ष पुग्यो, भेटिएन नरसंहारकारी हतियार

सद्दाम समातिएको १६ वर्ष पुग्यो, भेटिएन नरसंहारकारी हतियार

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ८:२४,

अमेरिकी सेनाले इराकी शासक सद्दाम हुसेनलाई पक्राउ गरेको १६ वर्ष पूरा भएको छ। सद्दामको सत्ता ढलेको नौ महिनापछि १३ डिसेम्बर २००३ मा उनी पक्राउ परेका थिए।

उनी आफ्नो गृहनगर टिक्रिटबाट ९ माइल टाढा ६x८ फुटको सुरुङमा लुकेको अवस्थामा उनी फेला परेका थिए।

सैनिकहरुले कुटपिट गर्दै उनलाई समातेका थिए। उनलाई ३० डिसेम्बर २००६ मा मृत्युदण्ड दिइएको थियो। सद्दामले आफूलाई गोली हान्न माग गरेपनि उनलाई फाँसी दिइएको बताइन्छ।

इराकसँग आम नरसंहारकारी हतियार रहेको दाबी गर्दै अमेरिकाले त्यहाँ आक्रमण गरेको थियो। तर, आक्रमणपछि त्यस्तो हतियार अमेरिकाले फेला पार्न सकेन।

इराक आक्रमणपछि मध्यपूर्वमा अशान्ति फैलिनुका साथै इस्लामिक स्टेटले लामो समय सो क्षेत्रमा दबदबा कायम गर्‍यो। जसमा लाखौँ मानिसले ज्यान गुमाए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad