राजनीति


जापानी प्रधानमन्त्रीद्वारा भारत भ्रमण रद्द

जापानी प्रधानमन्त्रीद्वारा भारत भ्रमण रद्द

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ८:४२,

जापानी प्रधानमन्त्री सिन्जो आबेले आइतबारदेखि गर्ने भनिएको भारत भ्रमण रद्द गरेका छन्।

आबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच असमको गुवाहटीमा वार्ता हुने तय थियो। तर, भारतले नागरिकता कानुन संशोधन गरेपछि अहिले असम, त्रिपुरालगायत क्षेत्रमा व्यापक प्रदर्शन भइरहेको छ।
सोही कारण आबेले भ्रमण स्थगित गरेका हुन्।

आबेको भ्रमण भविष्यमा दुवै देशका लागि उपयुक्त हुने मितिमा गरिने भारतीय विदेश मन्त्रालयका प्रवक्त रविशकुमारले जनाएका छन्।

बिहीबार बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमिनले अन्तिम समयमा आएर भारत भ्रमण रद्द गरेका थिए। त्यस्तै बंगलादेशी गृहमन्त्री असादुजमन खानले पनि शुक्रबारदेखि हुने भनिएको भारत भ्रमण स्थगित गरेका छन्।

भारतको उत्तरपूर्वी राज्यहरुमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा बिहीबार दुई जनाको ज्यान गइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad