ad ad

राजनीति


चोलेन्द्रविरुद्धको प्रतिवेदन आजै संसद सचिवालयमा बुझाइने

चोलेन्द्रविरुद्धको प्रतिवेदन आजै संसद सचिवालयमा बुझाइने

नेपालखबर
असोज १, २०७९ शनिबार १३:२९, काठमाडौँ

महाअभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज नै संसद सचिवालयमा बुझाउने तयारी गरेको छ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्वित प्रधानन्यायधीश जबराले यसअघिका बैठकमा दिएको बयानमा हस्ताक्षर गरिसकेकोले आज नै समितिको दोस्रो बैठक बसेर संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका सांसद एवं महाअभियोग सिफारिस समिति सदस्य मिनबहादुर विश्वकर्माले आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको बताए। 

उनले आजको बैठकमा प्रधानन्यायाधीश जबराले आफूले दिएका बयानमा हस्ताक्षर गर्नुभएको र समिति सदस्यहरुको प्रतिप्रश्नको समेत जवाफ दिएको बताए।

‘आज शुरुमा नै म सबमा साइन गर्छु, खासै तलमाथि केही रहेनछ भनेर बैठकमा दिएका बयानमा हस्ताक्षर गर्नुभयो। त्यसपछि सदस्यहरुले
प्रतिप्रश्न गर्नुभयो। प्रतिप्रश्न गर्दा थप प्रष्ट गर्ने काम भयो,’ उनले भने, ‘दफाबार १ देखि ४३ सम्मका प्रश्नको बारेमा स्पष्ट पार्नुभयो। पहिलो चरणको बैठक सम्पन्न भएको छ, दोस्रो चरणमा प्रतिवेदनको मस्यौदा बनाउनेछौँ। दोस्रो बैठक ३ बजे बस्छ। दोस्रो चरणमा हामी प्रतिवेदनको निर्णयार्थ पेस हुन्छ। सचिवालयमा हामी बुझाउँछौँ । मस्यौदा ३ बजेको बैठकमा समितिमा पेस हुन्छ।’

समितिको बैठकपछि सञ्चारर्कीहरुसँग कुरा गर्दै समितिका सभापति रामबहादुर बिष्टले समितिको पहिलो बैठकले मस्यौदा तयार गरेर समिति सदस्यलाई बाँडिएको र दोस्रो बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने बताए।

‘मस्यौदा तयार गरेर बाँडिएको छ, ३ बजेको बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरेर अन्तिम रुप लिएर अघि बढ्छौँ। आजै प्रतिवेदन सभामुखलाई बुझाउँछौँ।’ उनले भने।

महाअभियोग सिफारिस समिति समितिको दोस्रो बैठक आज नै दिउँसो ३ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .