शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राजनीतिक नेतृत्वमासहमति नहुँदा कतिपय विधेयकहरु अल्झिएको बताएका छन्।
संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राजनीतिक नेतृत्वमा सहमति हुननसक्दा र कानूनी जटिलताका कारण पनि कतिपय वर्तमान संसदले पास गर्नुपर्ने कानूनहरु बन्न नसकेको बताए।
उनले नेकपा एमालेले अवरुद्ध गरेको संसद खोल्ने सहमति भएसँगै संसदले गतिशिलताका साथ काम गरेको दाबी गरे।
मन्त्री पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका काम भन्दा बाहेक पार्टीको बैठक बस्न नहुने भएपनि गठबन्धनको बैठकमा प्रधानमन्त्री नै बस्नुपर्ने भएकाले बालुवाटारमा बैठक हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए।
त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने विषयलाई अस्वभाविक रुपमा लिन नहुने बताए।
प्रधानमन्त्री निवासमा पार्टीको आकस्मिक बाहेकका बैठक बस्ने नगरेको बताए। श्रेष्ठले प्रधानमन्त्री पार्टीको सभापति भएकाले पार्टीभित्रका सामान्य छलफल गर्दा अन्यथा लिन नुहने जिकिर गरे।
Shares

प्रतिक्रिया