राजनीति


प्रचण्डप्रति ओलीको कटाक्ष : साथी बनाउँदा छुरी रोपे

प्रचण्डप्रति ओलीको कटाक्ष : साथी बनाउँदा छुरी रोपे

फाइल फोटाे


नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १५:२७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथी बनाउँदा छुरी रोपेको आरोप लगाएका छन्।

बिहीबार चितवनका माओवादी नेता यमबहादुर परियारलाई एमाले प्रवेश गराउँदै ओलीले प्रचण्डले अंगालो मारेर छुरी रोपेको आरोप लगाएका हुन्।

‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ,’ ओलीले भने, ‘हात मिलाएको मात्र होइन, मैले अँगालो हालेको थिएँ, ‘प्रचण्ड हात लुकाईलुकाई हिँड्थे, म अलिकति सचेत थिएँ। नभन्दै मैले अँगालो मारेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे।’

ओलीले नेकपाबाट निकाल्ने काम गरेकोमा आक्रोश पोख्दै सो आरोप लगाएका हुन्।

२०७४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गरेका एमाले र माओवादीले २०७५ जेठ ३ गते पार्टी एकता गरेका थिए। एकतापछि पार्टीको नाम नेकपा राखियो भने ओली र प्रचण्ड दुवैजना अध्यक्ष बने।

तर, २०७७ पुस ५ मा प्रधानमन्त्री रहेका ओलीले संसद विघटन गरेपनि नेकपाभित्र विवाद चुलियो। विवादकैबीच बहुमत सदस्यले ओलीलाई हटाएको घोषणा गरेका थिए।

‘म एकता, एकीकरण भन्ने, प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने,’ ओलीले थप आक्रोश पोख्दै भने।

आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको उनको भनाई छ।

नेकपालाई फागुन २३ मा सर्वोच्च अदालतले भंग गरिदिएपछि दुई पार्टी अलग भएका छन्।

माओवादी केन्द्रले अब हुने चुनावमा काग्रेससहितको दलसँग चुनावी गठबन्धन गरिसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad