ad ad

राजनीति


वाग्मती नदीकिनारका अव्यवस्थित बस्तीको समस्या समाधान गर्न लागिपरेको छु : सिंह

वाग्मती नदीकिनारका अव्यवस्थित बस्तीको समस्या समाधान गर्न लागिपरेको छु :  सिंह

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १३:२५, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताएका छन्। 

काठमाडौंमा बिहीबार आयोजित सरोकारवाला निकायसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताएका हुन्।

नेता सिंहले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्नेमा जोड दिए। वाग्मती नदीको किनारका बस्तीहरूको आक्रोश रहेको भन्दै उनले त्यहाँका समस्याको समाधान गरेर नै अघि बढ्ने प्रतिबद्धता जनाए। 

तत्कालीन नेकपाको सरकारले संघीय कानुन समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको सिंहको भनाइ थियो। 

‘अहिले वाग्मती किनारमा बस्तीहरूको जुन कुरा छ, त्यहाँ अलि आक्रोश पनि छ,’ उनले भने, ‘लोकतान्त्रिक पद्धतिमा काम गर्दा कानुनबमोजिम विधि र प्रक्रिया पूरा गर्नुपर्छ। अव्यवस्थित बस्तीहरूको समाधान गर्नका लागि हामी अघि बढ्छौं।’

तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्मअनुसार काम नगरेको र संसद् दुईपटक भंग गरेका कारण संविधानलाई जोगाउन गठबन्धन सरकार बनेको दाबी सिंहले गरे। 

गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै उनले आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरूलाई मतदान गरेर जिताउनुपर्ने बताए। 

‘स्थानीय सरकारलाई दिनुपर्ने अधिकार दिनुपर्छ भनेर जायज आवाज उठेका छन्। यो राजनीतिक कुरा नयाँ संविधान जारी भएपछि कार्यान्वयन गर्ने आदेश पाएका दलले संघीय कानुन समयमा नबनाइदिएको कारण आएको हो,’ नेता सिंहले भने, ‘अहिले त तपाईंहरूकै सरकार छ भन्नुहोला। झण्डै दुईतिहाइ बहुमत प्राप्त सरकारले नेपालको संविधान, भावना र मर्मअनुसार काम नगरेको र संसदलाई दुईपटक भंग गरेको कारणले संविधानलाई जोगाउनका लागि बनेको हो यो गठबन्धन सरकार। देश ठूलो दुर्घटनाबाट जोगाएर ट्रयाकमा लैजाने काम यो सरकारले गरिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .