हङकङमा पक्राउ पर्ने डरले समुद्रमा हाम फाले दुई तस्कर

हङकङमा पक्राउ पर्ने डरले समुद्रमा हाम फाले दुई तस्कर

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १३:३६, काठमाडौँ

हङकङमा पक्राउ पर्ने डरले दुई तस्कर समुद्रमा हाम फालेर भागेका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार स्पिडबोटमा आइरहेका तस्करलाई भन्सार विभागका अधिकारले रोक्ने प्रयास गरेपछि उनीहरु समुद्रमा हाम फालेर भागेका हुन्।

मंगलबार राति करिब साढे १० बजे दुई स्पिडबोट उज्यालो नबाली आएको तस्करविरुद्धको अपरेसनले देखेको थियो। उनीहरुले अवैध सामग्री ल्याएको हुन सक्ने आशंकामा उनीहरुलाई टोलीले रोक्न खोजेको थियो। 

उनीहरुलाई पक्राउ गर्न दुई हेलिकोप्टर तथा स्पिडबोट परिचालन गरिएको थियो। उनीहरुलाई पिछा गर्ने क्रममा १० बाकसभन्दा धेरै तस्कर गरी ल्याइएको सामग्री बरामद गरिएको छ।

नजिकै पुगेपछि पक्राउ पर्ने डरले दुईजना समुद्रमा हाम फाले भने एउटा स्पिडबोट मेनल्याण्ड चीनको समुद्री बाटो हुँदै फुत्किन सफल भयो।

हङकङको भन्सार अधिकारीहरुले तस्करहरुको खोजीको लागि परिचालन गरे पनि उनीहरुलाई अझै पनि भेट्न नसकिएको समाचारमा उल्लेख छ।

स्रोतले उल्लेख गरेअनुसार उनीहरुबाट बरामद गरिएको सामग्रीमा जिउँदो कछुवा, औषधिजन्य उत्पादन, स्वास्थ्य सामग्री र प्रयोग भइसकेको मोबाइल तथा ट्याबलेट कम्प्युटरहरु रहेका छन्। 

हङकङमा अवैध सामग्री ल्याएको वा निर्यात गरे अधिकतम सात वर्षको जेल सजाय र २० लाख हङकङ डलर जरिवाना हुन सक्ने व्यवस्था छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .