सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाअभियोगका कारण निलम्बित अवस्थामा छन्। उउनको महाअभियोगमाथिको छलफल नसकिँदै असोज २ देखि प्रतिनिधिसभाको आयु सकिँदैछ।
महाअभियोगमाथिको छलफल टुंगोमा नपुगी प्रतिनिधिसभा विघटन भएमा चोलेन्द्रको निलम्बन फुकुवा हुने र उनी सर्वोच्चमा फर्कने महाअभियोग सिफारिस समितिमा रहेका नेकपा एमालेका सांसद र अन्य कानूनविदहरुले तर्क गरिरहेका छन्।
यसै सन्दर्भमा पूर्वन्यायाधीश फोरमले बुधबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रियामा बरिष्ठ अधिवक्ता शम्भु थापाले चालेन्द्र माथिको महाअभियोग मर्छ भन्ने तर्क नाजायज रहेको बताए।
‘संविधानको धारा १०१ पढोस्। १०१ ले त्यस्तो प्रस्ताव संदस्य संसदको दुुबै सदनको तत्काल कायम रहेको सम्पूूर्ण सदस्य संख्या भन्यो। यो सदन चुनावमा गएको छ, अर्को सदन त छ’ थापाले भने, महाअभियोग प्रतिनिधिसभामा मात्रै पेश हुँदैन, समितिले प्रस्ताव पास गर्यो भने यो प्रस्ताव माथिल्लो सभा र तल्लो सभामा जान्छ।’
संविधानविद एवं बरिष्ठ अधिवक्ता थापा अगाडि भन्छन्, ‘अर्को कुरा यो मुद्दा हो। दिस इज अ केस। केसको बादी को हो? महाअभियोग लगाउनेहरु हुुन्। प्रतिवादी को हो? चोलेन्द्र शमशेर जबरा। यो मुद्दा हो। मुद्दा फैसला हुनैपर्छ।’
चोलेन्द्र प्रकरणबारे बरिष्ठ अधिवक्ता थापाको भनाइ उनकै शब्दमा–

थापाले भने, महाअभियोग प्रतिनिधिसभामा मात्रै पेश हुँदैन, समितिले प्रस्ताव पास गर्यो भने यो प्रस्ताव माथिल्लो सभा र तल्लो सभामा जान्छ।’
उहाँहरु तीनजना (टोपबहादुर सिंह, पवन कुमार ओझा र शम्भु खड्काजी) लाई जुुन तुच्छ शब्द प्रयोग गर्नुभयो, त्यसले पनि (चोलेन्द्रको) हैसियत प्रष्ट पार्दछ। उहाँको दिमागी अध्ययन कस्तो छ, चरित्र कस्तो छ, चलन कस्तो छ, व्यवहार कस्तो छ।
म वकिललाई केही छैन, न्यायाधीश न्यायाधीश हुन्छ। न्यायाधीशको चरित्र कुर्सीमा बस्नेवित्तिकै बन्दैन। धेरै ठूलो अठोट साथ, लामो तपस्या गरेपछि न्यायाधीशलाई न्यायाधीश मानिन्छ। उहाँ (चोलेन्द्र) ले प्रयोग गरेका शब्दहरु हेर्नुहोस्, के भनेको त्यो?
मेरो र पवनजी (पूूर्वन्यायाधीश) को केही राजनीतिक नियुक्तिका कुराहरुमा मिलेन तर उहाँको न्यायिक सत चरित्रको सन्दर्भमा बेदाग न्यायाधीश हो उहाँ। टोपबहादुर सिंह पनि बेदाग न्यायाधीश हो। यो मैले कुनै आजको परिवेशमा भनेको होइन। अगाडि पनि भनेको छुु।
टोपबहादुर सिंहले हामीलाई ससंविधानको ज्ञान दिनुभएको हो। उहाँले संविधान पढाउनुभएको हो। अमेरिकाका सर्वोच्च अदालतका न्यायाधीश कहिले रिटायर्ड हुन्छन् भन्दा उनले जहिले लिफ्ट चढ्न सक्दिनँ भन्ने अनुभव गर्छन्। यो उहाँ (टोपबहादुर) ले दिएको शब्द हो।
भिडिओ :
यस्ता श्रदेह बेदाग न्यायाधीशमाथि, न्यायकर्मीहरुमाथि (चोलेन्द्रले) जुन शब्द प्रयोग गर्नुभो, त्यो शब्द महाअभियोग सुनुवाइ समितिले आफ्नो रेकर्डमा हटाइदिए हुन्छ भन्ने मलाई लाग्दछ।
उहाँ (चोलेन्द्र) माथि त महाअभियोग पनि भ्रष्टाचारै भ्रष्टाचारको परेको छ। अरुको होइन। भ्रष्टाचारै भ्रष्टाचारको परेको छ। प्रधानन्यायधीशको चरित्र न्यायाधीश र वकिलले बुझ्छन्। वकिलको चरित्र न्यायाधीशले बुझ्छन्। झगडियाले बुझ्छन्। त्यसकारण उहाँले जुन शब्द व्यक्त गर्नुभएको छ, त्यसमा मेरो खेद छ। मेरो दुःख छ।
उहाँभन्दा बढी म सर्वोच्च अदालत प्रवेश गरेको छु। उहाँभन्दा बढी अदालतमा हिँडेको छु। उहाँले त आएका मुद्दाहरु हेर्नुभएको होला, मलाई त पत्याएरै पक्षहरु आएका छन्। न्यायाधीश र वकिल एकदिनमा बन्दैनन्। घुस्याहा बन्न सकिन्छ। घुस खाने र खुवाउने चाहिँ एकै दिनमा बन्न सकिन्छ। तर, स्थापित वकिल र निर्भिक न्यायाधीश बन्नचाहिँ लामो समय लाग्छ। परीक्षणबाट गुज्रिने कुरा हो भन्ने मलाई लाग्दछ।
अहिले उठिराखेको सवाल (महाअभियोग) मा संविधानको धारा १०१ कसैले पनि यो पढोस्। १०१ ले ‘त्यस्तो प्रस्ताव संदस्य संसदको दुबै सदनको तत्काल कायम रहेको सम्पूूर्ण सदस्य संख्या’ भन्यो। यो सदन चुनावमा गएको छ, अर्को सदन त छ। हेर्नोस् अब यसले महाअभियोगको प्रस्ताव स्थायी प्रकृतिको लिएर गयो।
अरुको संविधान के छ, वेष्ट मिनिष्टरको संविधान के छ, इण्डियाको संविधान के छ, छोड्नोस्। हाम्रो संविधानमा के छ भने प्रतिनिधिसभामा मात्रै पेश हुँदैन, यो महाअभियोग सुनुवाइ समितिले प्रस्ताव पास गर्यो भने यो प्रस्ताव कहाँ कहाँ जान्छ? माथिल्लो सभा र तल्लो सभामा जान्छ।
अब कुनचाहिँ संविधानविद जन्मिएर भन्छन् कि यो प्रस्ताव मर्छ र माथिल्लो सदनमा जाँदैन भनेर। माथिल्लो सदनमा जान्छ भने त्यो प्रस्ताव तल्लो सदनमा पनि जान्छ।
निर्वाचन र संसद विघटन भन्नुको अर्थ संसद मरेको होइन खाली अर्को सदस्य खोजेको मात्रै भनिन्छ निरन्तरतामा। निरन्तरताका लागि अर्को सदस्य खोजेको मात्रै हो। संसद कहिल्यै पनि मर्दैन। खाली यसले नयाँ सदस्य खोजेको छ भन्ने मान्यतामा यसको डिजोसुलसन र निर्वाचनको शब्दको मान्यताको त्यही नै हो।
त्यसकारण यो (महाअभियोग) प्रस्ताव माथिल्लो सदनमा पनि जान्छ। तल्लो सदनमा पनि जान्छ। दुबैको मिलेर दुई तिहाई। एउटाको मात्रै दुई तिहाई होइन। यहाँचाहिँ ६० प्रतिशत भयो, माथिकाले त्यसलाई जित्यो भने पास हुने देखिन्छ। वा माथि कम भयो भने यहाँ पास हुने देखिन्छ।
अर्को कुरा यो मुद्दा हो। दिस इज अ केस। केसको बादी को हो? महाअभियोग लगाउनेहरु हुुन्। प्रतिवादी को हो? चोलेन्द्र शमशेर जबरा। यो मुद्दा हो। मुद्दा फैसला हुनैपर्छ।
तपाईले अदालतमा लिएर जानुभयो भने ०७२ मा संविधान आएपछि ०६३ मा दायर गरेको मुद्दाको फैसला हुँदैन त? हुन्छ नि। यो केस हो। यो मुद्दा हो। फौजदारी पनि संगीन कुकृत्य गरेको मुद्दा हो यो। यो कुकृत्यको त थोरै वर्णन छ। हामीलाई थाहा छ, यसले कहाँ चिमोटिरहेको छ। त्यसकारणले गर्दाखेरि मुद्दा फैसला हुनैपर्छ।
यसमा आ–आफ्ना मत दिउन् राजनीतिज्ञहरुले। पहिले त बोलेको न्याायाधीश समाजले हो नि। प्रधानन्यायाधीशको राजीनामा वकिलले बोलेको होइन। नेपाल बारले बोलेको होइन। पूर्वमाननीय न्यायाधीश टोपबहादुर सिंह, पवन ओझा शम्भु खड्काजीहरुले पहिले राजीनामाको इस्यु उठाएको हो। त्यसकारण तिनी(चोलेन्द्र) रीसले चुर छन्।
टोपबहादुरले नेपाल बार पनि छ र भन्नुभो। यस्तो गरिरहेका छन् प्रधानन्यायाधीशले, नेपाल बार पनि छ र भनेर राष्ट्रिय टेलिभिजनको कार्यक्रममा बोलेपछि र न्यायाधीश स्वयंले हामी यो प्रधानन्यायधीशसँग बस्न तयार छैनौं भनेपछि वकिलहरु जुर्मुराएका हुन्। यसलाई कसरी लिइएको छ भन्ने कुरा पनि अलिकति तपाईहरुले हेर्नुहोस्। यो मुुद्दा सबैभन्दा पहिले कसले उठाएको माननीय पूर्वन्यायाधीश टोपबहादुर सिंह।
अर्को कुरा, कसैलाई महाअभियोग लाग्यो भने उसले त भविष्यसम्म नागरिक अधिकार पाउने कि नपाउने भन्ने नागरिक अधिकारसँग जोडिएको आरोप हो त्यो। मुद्दा हो त्यो। ऊ कुनै पनि पदका लागि अष्योग्य हुन्छ भनेपछि न मानवव अधिकार, न निर्वाचन, कुनै पनि पदका लागि अयोग्य हुने भएको हुनाले त्यो (मुद्दा) कहिल्यै पनि मर्दैन। यो प्रस्ताव राजनीतिक होइन नि। यो त फौजदारी मुद्दा त्यहाँ गएर बसेको छ।
फलानाले यस्तो बोल्यो भनेर तुरुन्त टीका टिप्पणी आउँछ यहाँ। आउन दिनोस्। उनले टिप्पणी गर्छन् भनेर मैले नबोल्ने होइन। टिप्पणी गर्नेले बोल्दैन।
- महाअभियोग समितिलाई फुलकोर्टको जवाफ : न्यायाधीश आउन मिल्दैन
- चोलेन्द्रको बयानमा पूर्वन्यायाधीशको खेद, भागबण्डा खोजेको तथ्य पुष्टि गर्न चुनौती
- दिनभर भोकै बयान दिएका चोलेन्द्र सहकर्मी न्यायाधीशलाई मुछेर फर्किए
यहाँ कस्तो न्युज लेखाउँछन्। न्यायाधीश प्रकाशमानसिंह राउत १९ गतेदेखि आमाको मृत्यु भएर किरियामा हुनुहुन्छ। साँघु (साप्ताहिक) पल्टाएर हेर्नुभयो भने २२ गते उहाँको निवासमा ७ जना न्यायाधीश बसेर २ गते चोलेन्द्र आउँदैछन्, मिटिङ भयो रे। ल हेर्नोस्। साँघु (साप्ताहिक) पल्टाएर हेर्नोस् तपाई।
सर्वोच्चको न्यायाधीशको घरमा ७ जना न्यायाधीशको गोप्य बैठक रे ल हेर्नोस्। कस्तो लेखाउँछन्। अब यो पनि पत्रकारितै रहेछ। मान्छे आमा मरेर किरियामा बस्दाखेरि पनि त्यस्तो न्युज लेखिन्छ यहाँ। मित्रहरु। त्यस्तो न्यूज लेखाइन्छ। त्यो न्युज कहाँबाट, कति पैसाबाट जन्मिएको होला। कति पैसाले जन्माएको हो, ल भन्नोस् त यो। सम्पादक पनि मेरो मित्र हुनुहुन्थ्यो, मैले भनें। मैले पत्रकारिताको कुुनै टीकाटिप्प्णी गरेको हैन, तर यस्तो न्युज जन्मिन्छ। हामीलाई के लेखेनन्?
तर, चोलेन्द्र कहाँ रहेछन्? अस्ति तपाईहरुले न्यायाधीश र वकिलको वार्ता त हेर्नुभो। चोलेन्द्रलाई फोन गराइदिउँ भन्छ त्यो वकिल। हाहाहा। तपाईलाई आश्वस्त पार्न चोलेन्द्रलाई फोन गराइदिऊँ? भन्छ। हेर्नुहोस् त चोलेन्द्र कहाँ रहेछन्? पकेटमा। फोन गराइदिउँ? भन्छ। घुसमा है घुसमा।
महाअभियोगको प्रस्ताव मर्छ कि मर्दैन भन्दा ट्रम्प त विदावारी भएका थिए। ट्रम्पको केस हेर्नुभयो भने त्यहाँ रिपब्लिकन र डेमोक्र्याटको बीचमा विवाद हुन्छ। उनी राष्ट्रपति हुँदैखेरि डेलिगेट्सहरुलाई भोट हाल्न जान नदिने गरी आक्रमण भयो। ट्रम्प राष्ट्रपति भएकै बेला महाअभियोग दर्ता भयो। ट्रम्प रिटायर्ड भएपछि त्यहाँ प्रश्न उठ्यो। न्यायाधीशहरुले भने, कहीँ महाअभियोग मर्छ? ऊ भोलि दोस्रोचोटि उठ्न पाउँछ कि पाउँदैन? यसले राष्ट्रपतिको सुविधा पाउँछ कि पाउँदैन? यी सम्पूर्ण कुराहरुको तय हुन्छ, महाअभियोग मर्दैन। यसले हाम्रा सम्पूर्ण सांसदहरुलाई मार्न खोजेको छ भन्ने जुरिष्टहरुले व्यक्त गरे।
अब तपाई कता जानुहुन्छ? एउटा सभ्य (नागरिक) कता जाने भन्ने प्रश्न छ।
उहाँ(चोलेन्द्र) का पनि केही पक्षधरहरु छन् एकाध। पक्षधर न्यायाधीशहरु पनि हुनुहुन्छ। जुरिष्ट भनेको जुरिष्ट हो, आफूलाई संविधानविद पनि भन्नुहुन्छ। हामी त मुद्दाको अलिअलि बढ्ने भयौं। मुद्दा मर्दैन भन्ने मान्यतामा हिँड्या हो। न्यायापालिकामा सुधार जरुरी छ। भाग खोज्या भरमा भाग दिने प्रधानन्यायधीश पनि कस्ता रहेछन्। यस्ता विषयहरु पनि धेरै छन्।
अब मलाई पनि बोलाउँदै छन् अरे भन्ने सुन्या छु। म पनि ठालु वकिलभित्र परेको छु। यिनले चलखेल गर्न पाएनन् भनेर के भन्या हो त्यो?


Shares

प्रतिक्रिया