राजनीति


८ घण्टा ४० मिनेट बसेर सकियो गठबन्धनका शीर्ष नेताको बैठक

८ घण्टा ४० मिनेट बसेर सकियो गठबन्धनका शीर्ष नेताको बैठक

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०७९ सोमबार १७:५४, काठमाडौँ

सत्तारुढ गठबन्धनका शीर्ष नेतासहितको बैठक सकिएको छ।

सोमबार बिहान ९ बजेदेखि सुरु भएको बैठक ८ घण्टा ४० मिनेट बसेको थियो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार बैठकमा छलफल लामै समय भए पनि निष्कर्ष निस्किसकेको छैन। 

‘आज लामै छलफल भयो, निष्कर्षमा पुगिएको छैन,’ प्रचण्डको भनाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सिट संख्या र निर्वाचन क्षेत्रका बारेमा कुराकानी राम्रै भए पनि स्पष्ट नभइसकेको बताए। 

उनले भने, ‘गठबन्धनमा सिट संख्या र निर्वाचन क्षेत्र केन्द्रित भएर राम्रै कुराकानी भएको छ। तर क्लियर भइसकेको छैन।’

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १ सय ६५ र प्रदेश सभाको ३ सय ३० क्षेत्रमा पाँचदलीय गठबन्धनले सिट बाँडफाँट गरेर आगामी मंसिर ४ गतेको चुनावमा सहभागी हुँदैछन्।

यही सिट संख्यालाई गठबन्धनका पाँच दल भागवण्डा गर्दैछन्।

अधिकांश क्षेत्रमा सहमति जुटिसकेको भएपनि केही बाँकी रहेका क्षेत्रमा समेत सहमति जुटाएर एकैपटक सार्वजनिक गर्ने तयारी छ।

गठबन्धनले सिट संख्या र निर्वाचन क्षेत्रका विषयमा सहमति जुटाउन कांग्रेसबाट ३ जना, अन्य चार दलबाट २/२ जनासहित ११ सदस्यीय कार्यदल बनाएको थियो।

कार्यदलले सिट बाँडफाँटको मोडालिटी, स्थानीय तहको अवस्था, राजनीतिक र सांगठनिक आधार सबै हेरेर २३ भदौमा रिपोर्ट बुझाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad