ad ad

राजनीति


अखिल क्रान्तिकारी छात्रा विभागको प्रमुखमा प्रविना अधिकारी चयन

अखिल क्रान्तिकारी छात्रा विभागको प्रमुखमा प्रविना अधिकारी चयन

नेपालखबर
भदौ २७, २०७९ सोमबार १०:२६, काठमाडौँ

अखिल (क्रान्तिकारी)को केन्द्रीय छात्रा विभाग प्रमुखमा प्रविना अधिकारी चयन  भएकी छिन्।

‘सम्पति र सत्तामा समान सहभागिता, शिक्षा र रोजगारी सहितको आत्मनिर्भरता’ भन्ने मुल नारासहित भाद्र २५ र २६ गते दुइ दिनसम्म चलेको चितवनको केन्द्रीय भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो।

माओवादी (केन्द्र)का उपमहासचिव एवं उर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुषालले  रामपुर स्थित कृषी क्याम्पसमा उद्घाटन गरेको भलालाई अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह सहित पुर्व विद्यार्थी नेतृ कञ्चन खनाल, माओवादी (केन्द्र) चितवन अध्यक्ष आर.सी अधिकारी लगायतले प्रशिक्षण दिएको विद्यार्थी नेतृ नेतृ मुना काप्रिले जनाकारी दिइन्।

मुलुकभरबाट ५०० छात्रा प्रतिनिधी सहभागी रहेको भेलामा सात वटै प्रदेशबाट दुई–दुई जनाले प्रतिनिधिमुलक रिपोर्टिङ राखेका थिए।

चितवनस्थित स्कुल अफ हेल्थ साइन्समा सम्पन्न बन्दसत्रले विभागको उपप्रमुखमा विद्यार्थी नेतृहरु देवकी कार्की र पर्वति शर्मा तथा सचिवमा इन्दिरा पुरीलाई चयन गरेको काप्रिले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .