राजनीति


माओवादी उपमहासचिव वर्षमान पुनलाई कोभिड संक्रमण

माओवादी उपमहासचिव वर्षमान पुनलाई कोभिड संक्रमण

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०७९ आइतबार १७:५९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कोभिड-१९ संक्रमण भएको छ।

आइतबार गरिएको परीक्षणमा एन्टिजेन र पिसिआर दुवैबाट उनलाई पोजिटिभ देखिएको हो।

पुनका सचिवालय सदस्य दयानिधि भट्टका अनुसार उनलाई ज्वरो पनि आइरहेको छ।

अहिले उनी खुमलटारस्थित निवासमै आराम गरिएको भट्टले बताए।

सिट बाँडफाँटका लागि सत्तारुढ दलले गठन गरेको कार्यदलमा उनी पनि सदस्य छन्।

कोरोना भएकै कारण आइतबारको शीर्ष नेतासहितको कार्यदल बैठकमा उनी सहभागी भएका थिएनन्। शीर्ष बैठक भोलि (सोमबार) राखिएको छ। 

शनिबारको बैठकमा सहभागी भएका कारण सोमबारको बैठक बस्ने-नबस्ने टुंगो लागेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .