राजनीति


देउवाको एउटा बुँदामा असहमति जनाउँदै पौडेल, सिटौला र कोइरालाले गरे बैठक बहिष्कार

देउवाको एउटा बुँदामा असहमति जनाउँदै पौडेल, सिटौला र कोइरालाले गरे बैठक बहिष्कार

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ११:४०,

पार्टी सभापति शेरबहादुर देउवाले सहमतिबिनै पार्टी विभागको संख्या बढाउने प्रस्ताव ल्याएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको छ।

बिहीबार दिउँसो १ बजे बैठक सुरु भएपछि केन्द्रीय सदस्यलाई वितरण गरिएको नौ बुँदे प्रस्तावमाथि छलफल गरिने उल्लेख थियो। जसको बुँदा नम्बर ७ मा रहेको केन्द्रीय विभागहरुको संरचनात्मक र संख्यात्मक परिमार्जनसम्बन्धी प्रस्तावमाथि पौडेल समूहले आपत्ति जनाएर बैठक बहिस्कार गरेको हो।

कांग्रेसको अहिले २८ वटा विभाग रहेकोमा त्यसलाई बढाएर सभापति देउवाले ४५ वटा बनाउने तयारी गरेपछि पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला र महामन्त्री शशांक कोइराला समूहले बैठक बहिस्कार गरेका हुन्।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार उक्त एजेन्डाबारे सुइँको पाएर पौडेल, सिटौला र कोइराला समूहका नेताहरु बैठकमै गएका थिएनन्। बैठकमा पुगेका केन्द्रीय सदस्य महेश आचार्यपनि आफ्नो असहमति राखेर बाहिरिएका थिए।

भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टी महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल र सिटौला पक्षले सभापति देउवाको आलोचना गर्दै आएका थिए।

सभापति देउवा पक्षले कार्यसमिति बैठकमा पेश गर्ने एजेन्डाबारेमा धारणा बनाउन पौडेल, सिटौला र कोइराला समूहको भेला महामन्त्री शशांक कोइराला निवास धुम्बाराहीमा बुधबार बसेको थियो।

यो पनिः
विभागमा पदाधिकारी नियुक्तिस् ४५ महिनापछि ताते देउवा, पौडेलसमूह रणनीति बनाउँदै

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad