नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव रामकुमारी झाँक्री गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवार सिफारिस भएकी छन्।
पार्टीको २ नम्बर क्षेत्रीय कमिटीले झाँक्रीलाई उक्त क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेलदवार सिफारिस गरेको हो।
त्यस क्षेत्रमा नेकपा एमालेबाट गोकर्ण विष्ट उम्मेदवार सिफारिस भइसकेका छन्।
यदि यो सिफारिस अनुसार नै दुवै मैदानमा उत्रिए पूर्वसहकर्मी झाँक्री र विष्टबीच रोचक भिडन्त हुने भएको छ।
विष्ट २०७४ को निर्वाचनमा विष्ट यही क्षेत्रबाट विजयी भएका हुन्। झाँक्री भने समानुपातिका थिइन्।
तर झाँक्री एक महिनायता गुल्मीमा केन्द्रित भएर चुनावी तयारीमा छिन्। उनले सम्मानित नेता झलनाथ खनाललाई पनि गुल्मी लगेर कार्यक्रम गरिसकेकी छन्।
249
Shares

प्रतिक्रिया