ad ad

राजनीति


बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने मन्त्रिपरिषदको निर्णय

बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने मन्त्रिपरिषदको निर्णय

बेलायती महारानी एलिजावेथप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी


नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १९:१२, काठमाडौँ

संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति नेपालले तीन दिन शोक मनाउने भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

दिवंगत महारानीको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ। 

बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा हिजो (भदौ २३ गते) निधन भएको थियो। उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

सरकारले दुःखद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .