राष्ट्रपति विद्यादेवी भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमार र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले घिमिरे र पौडेललाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
घिमिरे परराष्ट्र मन्त्रालयका सहसचिव हुन् भने पौडेल राजनीतिक कोटामा नियुक्त भएका हुन्।
घिमिरेसँग विगतमा म्यानमारको याङ्गुनस्थित नेपाली दूतावासमा काम गरेको अनुभव छ। सरकारले गत चैतमा २० मुलुकका लागि राजदूत सिफारिस गरेको थियो।
बिहीबार राष्ट्रपतिले दुई राजदूतको नियुक्ती गरेसँगै देउवा नेतृत्वको सरकारले सिफारिस गरेका २० राजदूतको नियुक्ती प्रक्रिया पुरा भएको छ।
243
Shares
प्रतिक्रिया