गीतकार युद्ध ओलीको ‘याद किन यस्तो आउँछ’ गीतको म्युजिक भिडिओ बजारमा आएको छ।
चर्चित गायक प्रकाश सपुतको अभिनय रहेको यस भिडिओमा कलाकारमा नायिका रिचा थापा र निक शर्माकाे पनि अभिनय रहेको छ।
प्रेम कथामा आधारित यस गीतका गीतकार युद्ध ओली हुन् भने संगीत राजेश थापाको रहेको छ।
चर्चित गायक प्रमोद खरेल र अस्मिता अधिकारीले स्वर दिएका छन्।
भिडिओमा कोरियोग्राफर सुनील क्षेत्री तथा छायांकन दुर्गा पौडेलले गरेका छन्।
विकास ज्ञवालीको सम्पादन तथा कृष्णदेव रुपाखेतीको निर्देशनमा रहेको यो गीतको म्युजिक भिडिओ चन्द्रागिरी हिल्स रिसोर्ट, बाजेको सेकुवा, बत्तीसपुतली गोल्डन गेट कलेजमा शुटिङ्ग गरिएको निर्देशक रुपाखेतीले बताए।
111
Shares
प्रतिक्रिया