ad ad

राजनीति


नरैनापुरको विषयमा मन्त्री अथकद्धारा उर्जा र कृषि मन्त्रीसँग छलफल

नरैनापुरको विषयमा मन्त्री अथकद्धारा उर्जा र कृषि मन्त्रीसँग छलफल

नेपालखबर
भदौ २३, २०७९ बिहिबार ११:३८, काठमाडौँ

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गरेका छन्। 

बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री अथकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गरेका हुन्। 

लामो समयदेखीको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरीएको जानकारी गराउँदै मन्त्री अथकले त्यस क्षेत्रमा तत्काल डिप बोर्डिङको ब्यवस्था गरीदिन उर्जा मन्त्री भुसालसँग माग गरेका छन्।

सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरीकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिदैं मन्त्री अथकले तत्कालकालागि डिप बोर्डिङ र दिर्घकालीन रुपमा सक्टा सिचाइ आयोजना मार्फत नरैनापुरका कृषकहरुलाई सिचाइको ब्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताएका थिए।

जवाफमा उर्जा मन्त्री भुसालले सकारात्मक प्रतिक्रिया दिएका छन्।

यसैबिच मन्त्री अथकले बुधबार नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकहरुलागी तत्काल राहत प्याकेज ल्याउन आग्रह गरेका छन्। 

अर्थ मन्त्री र आफुले समेत त्यस क्षेत्रको स्थलगत निरीक्षण गरीसकेकाले तत्काल राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री अथकले आग्रह गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .