राजनीति


निर्वाचन आयोगले थप्यो १३२ वटा मतदानास्थल

निर्वाचन आयोगले थप्यो १३२ वटा मतदानास्थल

फाइल तस्बिर


नेपालखबर
भदौ २०, २०७९ सोमबार १९:३३, काठमाडौँ

निर्वाचन आयोगले मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८ सय ८८ मतदानस्थल कायम गरेको छ।

यसअघि देशभर १० हजार ७५६ मतदानस्थल थिए। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान व्यवस्थापन प्रभावकारी बनाउन, मतदाताको संख्या, सुविधा एवं सुरक्षा ख्याल गरेर मतदानस्थल पुनरावलोकन गरेको जानकारी दिए। 

मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदानस्थल संख्या पुनरावलोकन गरिएको उनले बताए। 

‘मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदानस्थल हटाई नयाँ मतदानस्थल निर्धारण गरिएको छ,’ आयोगले भनेको छ, ‘२०७९ साउन १ गतेदेखि मतदानस्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदानस्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायात लगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवम् भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमति समेतका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदानस्थल पुनरावलोकन गरिएको हो।’ 

मतदानस्थल पुनरावलोकन भएपछि मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने समस्या समाधान हुने आयोगको विश्वास छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .