ad ad

राजनीति


सञ्चारमन्त्री कार्की सुनसरी-४ बाट सर्वसम्मत सिफारिस

सञ्चारमन्त्री कार्की सुनसरी-४ बाट सर्वसम्मत सिफारिस

नेपालखबर
भदौ १९, २०७९ आइतबार २१:१८, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सुनसरी–४ बाट सर्वसम्मत सिफारिस भएका छन्।

नेपाली कांग्रेस सुनसरी ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचन कार्यसमितिले कार्कीको सर्वसम्मत सिफारिस गरेको हो। 

२०७४ को निर्वाचनमा वामगठबन्धनका बाबजुद कार्की विजयी भएका थिए। यसपटक उनी पाँचदलीय गठबन्धनबाट सुनसरी–४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने निश्चित जस्तै छ।

सरकारका प्रवक्ता तथा गठबन्धन कार्यदल सदस्य कार्कीको निर्वाचन क्षेत्रमा स्थानीय तह चुनावमा कांग्रेसले पालिकास्तरमा क्लिन स्वीप गरेको थियो।

कांग्रेसले सुनसरी संसदीय क्षेत्र नम्बर–४ का ४ पालिकाको प्रमुख पदमा जितेको छ। कांग्रेसका प्रभावशाली नेता कार्कीको निर्वाचन क्षेत्रमा रहेको सुनसरी–४ का वराहक्षेत्र नगरपालिका, कोसी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा कांग्रेस विजयी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .