नेकपा एमालेले काभ्रे क्षेत्र नम्बर २ बाट नेता गोकुल बास्कोटालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको छ।
नेकपा एमाले क्षेत्रीय कमिटीको आइतवार बसेको बैठकले बास्कोटाको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो। बास्कोटा अहिले पनि यही क्षेत्रबाट सांसद छन्।
अर्कातिर नेकपा एमालेले रूपन्देही क्षेत्र नम्बर २ ले प्रतिनिधि सभाको उम्मेदवारमा उपाध्यक्ष विष्णु पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको छ।
एमालेको आइतबार बसेको बैठकबाट पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो। पौडेल २०७४ मा यही क्षेत्रबाट विजयी भएका थिए।
366
Shares
प्रतिक्रिया