राजनीति


खुमबहादुरका छोरा अनुराग दाङ १ बाट सिफारिस, तीन क्षेत्रमा को को?

खुमबहादुरका छोरा अनुराग दाङ १ बाट सिफारिस, तीन क्षेत्रमा को को?

नेपालखबर
भदौ १८, २०७९ शनिबार १८:७, भैरहवा

नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का प्रतिनिधि सभाको लागि दाङ क्षेत्र नम्बर १ बाट सिफारिसमा परेका छन्। कांग्रेस क्षेत्रीय समिति दाङ १ ले प्रत्यक्षतर्फ महाधिवेसन प्रतिनिधि खड्का सहित ४ जनाको नाम सिफारिस गरेको हो।

सिफारिसमा परेकामध्ये केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको नाम एक नम्बरमा छ। त्यसपछि अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरी र नेता प्रदीप थापाको नाम पनि सिफारिस भएको छ।

यस्तै क्षेत्र नम्बर १ मा  समानुपातिकतर्फ पूर्वसांसद सुशीला चौधरी, आत्माराम भट्टराई, खडकबहादुर सुनार , द्रोण भुसाल, गोविन्द रेग्मी, रामप्रसाद चौधरी र जमिर शाहको नाम छ।

दाङ निर्वाचन क्षेत्र नम्बर २  बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि पूर्वसांसद तथा लुम्बिनी प्रदेशका उपाध्यक्ष राजु खनाल, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, नेता किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस भएको छ।

समानुपातिकतर्फ विमला योगी, सपना बोहरा, पूर्व जिल्ला सभापति वीरकेशरी गौतम, नेता नदनकुमार शर्मा, हरि रजौरे, गोविन्द मज्गैँया, तेजबहादुर बिक र गणेशमान चौधरीको नाम सिफारिस गरिएको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको नाम एक नम्बरमा सिफारिस भएको छ।  त्यस्तै कमानसिंह डाँगी, यमप्रसाद पाण्डे, मदन रसिक, बिजुल विश्वकर्मा र राजेन्द्र धितालको नाम सिफारिस भएको छ।

समानुपातिकतर्फ केन्द्रीय सदस्य गेहेन्द्र गिरी, पूर्वसांसद बुद्धिराम भण्डारी, पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, नेता घनश्याम श्रीपाली, चुर्णबहादुर चौधरी र महिलामा देवीका नेपालीको नाम सिफारिस भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad