राजनीति


नुवाकोटका कांग्रेस नेता भन्छन्– उम्मेदवार सिफारिस गर्दा विधान मिचेर एकलौटी नाम पठाइयो

अर्जुनरसिंह केसीको नाम समानुपातिकमा सिफारिस गरेको भन्दै आपत्ति
नुवाकोटका कांग्रेस नेता भन्छन्– उम्मेदवार सिफारिस गर्दा विधान मिचेर एकलौटी नाम पठाइयो

जगदिश्वरनरसिंह केसी, निवर्तमान सभापति, नुवाकोट।


नेपालखबर
भदौ १८, २०७९ शनिबार ८:५४, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसी नुवाकोट क्षेत्र नम्बर २ मा समानुपातिर्कतर्फ सिफारिस गरिएको छ। केसी प्रत्यक्षबाटै निर्वाचनमा सहभागी हुने बताउँदै आएका थिए। 

तर, क्षेत्रीय कार्यसमिति बैठकले उनको नाम प्रत्यक्षतर्फ सिफारिस गरेन्। नुवाकोटका दुवै क्षेत्रमा पार्टीको विधान अनुसार निर्णय नभएको निवर्तमान सभापति जगदिश्वरनरसिंह केसीले बताए।

‘देशभर यस्तो हो कि थाहा छैन, हाम्रोमा त पार्टीको विधान अनुसार प्रदेश कार्यसमिति, क्षेत्रीय कार्यसमितिको संयुक्त बैठकले उम्मेदवारी सिफारिस गनुपर्ने वैधानिक ब्यवस्था छ,’ निवर्तमान जिल्ला अध्यक्ष समेत रहेका केसीले भने, ‘त्यसको खिलापमा अध्यक्षले एकलौटी ढंगले एउटा मात्र नाम पठाइएको छ।’

विधान अनुसार दुईवटा नाम पठाउनपर्ने भएपनि त्यस्तो नभएको भन्दै केसीले गुनासो गरेका छन्। 

‘वैधानिक ब्यवस्थालाई मिचेर संयुक्त बैठक नबसि एकल ढंगले सभापतिले नुवाकोटको दुवै क्षेत्रमा यस्तो क्रियाकलाप भएको छ यसप्रति मेरो घोर आपत्ति छ।’ उनले भने। 

पार्टीभित्र गुट हाबि भएको भन्दै उनले आपत्ति जनाए। ‘आफ्नो गुटको आधारमा एकल नाम पठाउने काम भएको छ, यो आपत्तिजनक छ।’ केसीले भने।

पार्टीमा यसअघि गरेको त्याग, सिनियर व्यक्तित्व र जिल्लामा भएको प्रभावको मुल्यांकन नगरी मनपरी निर्णय भएको उनको गुनासो छ।

केन्द्रीय सदस्य बहादुरसिंह लामासहित राज्यलक्ष्मी पाण्डे श्रेष्ठ र लालीमाया तामाङको नाम सिफारिस गरिएको छ। 

केसीको नाम भने समानुपातिकमा सिफारिस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad