अमेरिका ताइवानलाई १ अर्ब १० करोड डलरको हतियार बेच्न सहमत भएको छ। चीनसँगको तनाव बढिरहेको अवस्थामा अमेरिकामा ताइवानलाई हतियार बेच्ने प्रस्ताव पारित भएको हो।
अमेरिकाले अनुमोदन गरेको प्रस्तावमा ताइवानलाई राडार प्रणालीदेखि मिसाइल प्रतिरोधी प्रणालीसम्म बिक्री गरिने उल्लेख छ।
गत महिना अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेकी थिइन्। चीनले यसअघि नै ताइवानलाई हतियार बिक्रीको प्रस्तावबाट पछि हट्न अमेरिकालाई चेतावनी दिइसकेको छ।
चीनले यो प्रस्ताव अघि बढाए त्यसको जवाफमा आवश्यक कदम चाल्ने बताएको थियो।
चीनले ताइवानलाई आफ्नो स्वशासित प्रान्तको रुपमा लिँदै आएको छ। भविष्यमा आवश्यक परे बल प्रयोग गरेर भए पनि ताइवान एकीकरण गर्ने चीनको भनाइ छ।
अमेरिकाले ताइवानसँग एकपक्षीयरुपमा सम्बन्ध बढाउनु ‘एक चीन नीति’को पनि उल्लंघन भएको चीनको बुझाइ छ।
Shares

प्रतिक्रिया