नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट गरेर पठाउनका लागि निर्देशन दिएको छ। १५ भदौ (बुधबार) बसेको प्रदेशको विस्तारित बैठकले सो निर्णय गरेको हो।
पालिका, संघ र प्रदेश निर्वाचन क्षेत्र र जिल्लाहरुलाई उम्मेदवार तय गरेर पठाउन निर्देशन दिइएको प्रदेश सचिव इन्द्रबहादुर थिङले जानकारी दिए।
उम्मेदवार सकेसम्म सर्वसम्मत छनोट गर्न निर्देशन गरिएको पनि उनले जानकारी दिए।
जसअनुसार सबै पालिकाहरूले यही भदौ १८ गते बैठक बसेर उम्मेदवार छनोट गरि निर्वाचन क्षेत्रमा बुझाउने र क्षेत्रमा १९ गते बैठक बसि जिल्ला समन्वय समितिलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन गरिएको छ।
प्रचण्डको चुनावी कमाण्डर रेनु
२० गते जिल्ला समन्वयको बैठकबाट सिफारिस भएर आएका नामहरूबारे बैठकबाट निर्णय गरि सुझाव सहित प्रदेश कार्यालयलाई बुझाउन सर्कुलरमा भनिएको छ।
बैठकले उम्मेदवार छनोटको कार्यविधि पनि निर्धारण गरेर पठाएको छ। जसमा क्रियाशील, पुराना र जनप्रियलाई पहिलो प्राथमिकतामा राखिएको छ।
अहिलेसम्म एकपटक पनि सिफारिस नभएकालाई पहिलो प्राथमिकतामा राख्न भनिएको छ। एकपटक चुनाव जितेकोलाई दोस्रो र दुईपटक जितेकोलाई तेस्रो प्राथमिकतामा राख्न निर्देशन गरेको छ।
समानुपातिक तर्फ भने यसअघि समानुपातिकबाट सांसद बनेकालाई सिफारिस नगर्न भनिएको छ।
उम्मेदवार छनौटको मितिः
–पालिका समितिको वैठक मिति २०७९ भाद्र १८ गते।
–प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिको बैठक मिति २०७९ भाद्र १९ गते।
–जिल्ला समन्वय समिति कार्यालयको बैठक मिति २०७९ भाद्र २० गते।
बैठकले उम्मेदवार छनौट सम्बन्धि आधारहरु निम्न अनुसार निर्णय गरेको छः
–प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनौटका लागि पालिका समितिको बैठकले प्रदेश तथा प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिलाइ तथा महानगरपालिकाले समन्धित निर्वाचन क्षेत्र र जिल्लालाई सिफारिस गर्नेछ।
–प्रदेश निर्बाचन क्षेत्रिय समन्वय समितिले प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको सिफारिस गर्नेछ।
–प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको सिफारिस गर्नेछ।
–जिल्ला समन्वय समितिले प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिको सिफारिसमा आवश्यक सुझाव समावेश गरी प्रदेश कार्यालयमा पठाउनेछ।
–नामावली सिफारिस गर्दा सकेसम्म सर्वसहमत नाम सिफारिस गर्ने प्रयास गर्नुपर्नेछ। सर्ब सहमत नभए प्रत्यक्ष तर्फ अल्फावेटको आधारमा वढीमा ३ जनाको नाम सिफारिस गर्नेछ।
–गठबन्धन भएमा गठबन्धनमा प्राप्त क्षेत्र र सिमिततालाई मध्यनजर गरी सिफारिस भएका उम्मेदवारहरु मध्येबाट जिल्ला कार्यलयको थप सुझाव समेत लिइ प्रदेश कार्यलयले तलमाथी गरी सिफारिस गर्न सक्नेछ
–सिफारिस गर्दा पहिलो प्राथमिकता पार्टी प्रतिवद्धता, अनुशासन र संगठनात्मक लगाव भएका, चुनाव जित्ने संभावना सहित जनमतलाई प्रभावित गर्न सक्ने लोकप्रियहरु मध्ये यसअघि निर्वाचित नभएकाहरुलाई दिनुपर्नेछ ।
–दोस्रो प्राथमिकता एकपटक निर्वाचित भइसकेकाहरु मध्येबाट अघिल्लो बुँदाको मापदण्डभित्र परेकालाई दिइनुपर्नेछ।
–तेश्रो प्राथमिकता एकपटक भन्दा बढी निर्वाचित भएकाहरुलाई दिइनु पर्नेछ।
–अत्यन्तै विशिष्ठ स्थिति बाहेक एकपटक समानुपातिकमा संसद भइसकेकाहरुलाई अर्कोपटकका लागि सिफारिस गरिनेछैन।
–पार्टीको अन्तिम निर्णय निशर्त पालना गर्नु हरेक पार्टी सदस्यको बाध्यकारी कर्तव्य हुनेछ। पार्टी निर्णय उलंघन गर्नेका हकमा स्थानीय निर्वाचन निर्देशिका २०७९ अननुसार गरिनेछ।
Shares

प्रतिक्रिया