राजनीति


पेचिलो बन्दै सत्ता गठबन्धनमा सिट बाँडफाँट, आज पनि कार्यदलको बैठक बस्दै

पेचिलो बन्दै सत्ता गठबन्धनमा सिट बाँडफाँट, आज पनि कार्यदलको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार ८:१४, काठमाडौँ

सत्तारुढ दलभित्र सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज पनि बस्दै छ। बिहीबार (१६ भदौ) बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको कार्यदलका सदस्य हिमलाल पुरीले नेपालखबरलाई जानकारी दिए। 

आगामी मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका दलहरुबीच तालमेल गरेर जाने निर्णय भएपनि सिट बाँडफाँट हुन सकेको छैन्। पटक पटक शीर्ष नेताहरुसहितको बैठक बस्दा पनि बाँडफाँटमा सहमति हुन नसक्दा विषय पेचिलो बन्दै गएको छ। 

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजगत्वमा बनेको कार्यदलले प्रतिवेदन तयार गरेर नेताहरुलाई बुझाइसकेको छ। अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभाको सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ।

प्रदेश सभामा भने माओवादी केन्द्रले १ सय २० सिट दाबी गरेपनि अरु दलले सार्वजनिक गरेका छैनन्।

बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो। 

बैठकमा सहमति नजुटेपछि संचारमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक भएको बताएका थिए। उनले सकेसम्म बिहीबार नै टुंगोमा पुगेर सार्वजनिक गर्ने पनि बताएका थिए। 

कार्यदलको बैठकमा भने दलहरू आफ्ना अडानबाट पछि नहट्दा सहमति हुन नसकेको नेताहरूले बताइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad