ad ad

राजनीति


‘अग्निपथ’मा नेपाली भर्तीबारे नेपाल भारतले थप स्पष्ट पारोस् भन्ने चाहन्छ : राजदूत शर्मा

‘यसबारे नेपालका राजनीतिक दल थप स्पष्ट हुन चाहन्छन्’
‘अग्निपथ’मा नेपाली भर्तीबारे नेपाल भारतले थप स्पष्ट पारोस् भन्ने चाहन्छ : राजदूत शर्मा

नेपालखबर
भदौ १६, २०७९ बिहिबार ७:५, काठमाडौँ

भारतका लागि नेपाली राजदूत शंकर शर्माले अग्निपथ योजनाअन्तर्गत भारतीय सेनामा नेपालीको भर्तीबारे भारतका तर्फबाट नेपालले थप स्पष्टता चाहेको बताएका छन्। 

दिल्लीस्थित एक टेलिभिजन च्यानललाई बुधबार अन्तर्वार्ता दिँदै शर्माले त्यस्तो बताएका हु्न। शर्माले गोर्खा सैनिक भर्तीबारे सन् १९४७ मा हस्ताक्षरित नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सन्धिले अग्निपथ योजनालाई नसमेट्ने बताए।

‘नेपालले अहिलेका लागि भारतीय सेनामा गोर्खा सैनिकको भर्ती रोकेको छ। यसबारे नेपालका राजनीतिक दल थप स्पष्ट हुन चाहन्छन्’, उनले भने। 

अन्तर्वार्तामा राजदूत शर्माले अग्निपथ योजना र त्यसले नेपालीलाई पर्ने असरबारे भारतीय प्रधानसेनापति मनोज पाँडेको आसन्न नेपाल भ्रमणमा छलफल हुनसक्ने पनि बताए। 

सरकारले गत साता अग्निपथअन्तर्गत नेपालीलाई भारतीय सेनामा भर्ती नगर्न अनुरोध गरेपछि तत्कालका लागि भारतले भर्ती प्रक्रिया स्थगन गरेको छ।  परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवलाई बोलाएर  अग्निपथ योजनाअन्तर्गत नेपालीलाई तत्काल भर्ती नगर्न आग्रह गरेका थिए। खड्काले अग्निपथ योजनाबारे नेपालका राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .