ad ad

राजनीति


‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा हुँदै

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा हुँदै

नेपालखबर
भदौ १६, २०७९ बिहिबार ६:५८, काठमाडौँ

स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्ने भएको छ। साझा चुनाव चिन्ह, साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि सो अभियान घोषणा गर्न लागिएको संयोजक सुमन सायमीले बताएका छन्। 

ललितपुरको हेरिटेज गार्डेनमा आयोजित एक कार्यक्रमकाबीच बिहीबार (१६ भदौ) दिउँसो २ बजे अभियानको घोषणा गरिने भएको हो। 

सायमी गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका थिए। त्यसबेला चौथो स्थानमा आएका उनले बालेन्द्रको विजय जुलुसमा साथ दिएका थिए । महानगरपालिकाको प्रमुख पदमा उठेका सायमीले त्यसबेला १३ हजार ७ सय ७० मत ल्याएका थिए।

आँखिझ्याल चुनाव चिन्ह पाएका सायमी त्यसयता स्वतन्त्र अभियानमा सक्रिय छन्। सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने यसअघि नै बताइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .