काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका सुमन सायमी प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि उठ्ने भएका छन्।
उनले काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने नेपालखबरलाई बताएका छन्।
‘म काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारी दिँदैछु, सायमीले भने, ‘मेरो क्षेत्रको विकास गर्ने लक्ष्यसहित चुनाव लड्दैछु।’
महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका उनले चुनाव प्रचार नै नगरी १३ हजार ७ सय ७० मत ल्याएका थिए।
काठमाडौंको कोर एरियामा उनको प्रभाव राम्रो रहेको महानगरको चुनावमै देखिएको थियो।
उनले कोरको भोट काटिदिँदा एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहले घाटा व्यहोरेका थिए।
714
Shares
प्रतिक्रिया