राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेकी छिन्।
राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गरेकी हुन्।
साथै उनले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद दिएकी छिन्।
राष्ट्रपतिले उक्त प्रतियोगिताबाट दक्षिण एशियाली मुलुक र जनताबीचको सम्बन्ध थप प्रगाढ भएको महसुस आफूले गरेको पनि बताएकी छिन्।
— Bidya Devi Bhandari President of Nepal (@PresidentofNP) December 11, 2019१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गर्ने नेपाली खेलाडीलाई हार्दिक बधाई ! सागको सफल आयोजनाका लागि नेपाल खेलकुद परिषद्, प्रशिक्षक र निर्णायक सबैलाई धन्यवाद ! यस खेलले दक्षिण एसियाली मुलुक र जनताबीच रहेको सुमधुर सम्बन्ध थप प्रगाढ भएको महसुस गरेको छु ।
प्रतिक्रिया