ad ad

कारोबार


चेतनाको कमीले उपभोक्ता ठगिए : उद्योगमन्त्री भट्ट

चेतनाको कमीले उपभोक्ता ठगिए : उद्योगमन्त्री भट्ट

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ८:२४,

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमिका कारण उपभोक्ताहरु ठगिने गरेको बताएका छन्।

बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन्।

उपभोक्ताहरुले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको मिति, म्याद सकिने मितिका विषयमा जानकारी नै नराख्ने गरेका कारण ठगिको क्रम बढेको उनले बताए। ‘कुनै पनि वस्तु खरिद गर्दा म ठगिन सक्छु। मेरो स्वास्थ्यमा प्रतिकूल असर पर्छ कि पर्दैन भन्ने कुरामा ध्यान दिनुपर्छ’, उनले भने।

उपभोक्ता हितका लागि बनेको संगठनहरुको प्रकृति र उद्देश्य बुझ्न जरुरी रहेको भन्दै मन्त्री भट्टले यसका लागि सचेतना अभियान गाउँ–गाउँसम्म पुग्न जरुरी रहेको बताए।

बजार अनुगमनको कार्यशैली फेर्नुपर्ने भन्दै उनले अहिले पनि मध्यमवर्गीय जनतामा वस्तुको मूल्य, उत्पादन र म्याद सकिने मिति सोध्न नसक्ने कमजोरी रहेको उल्लेख गरे।

ठगी गर्नेविरुद्ध पटक–पटक हुने दण्ड जरिवानाको प्रकृति एउटै भएका कारण पनि उपभोक्तालाई ठगि गर्ने क्रम नरोकिएको उनको भनाइ थियो।

उपभोक्ताको हक संरक्षणका लागि पहिले आफुबाट परिवर्तन हुन सकेमात्रै अरुलाई परिवर्तन गर्न सकिने बताए। कार्यक्रममा अन्य सहभागीहरुले यस्ता अभियानलाई वडा तहसम्म लैजानुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .