राजनीति


काठमाडौं-४ बाटै चुनाव लड्छु, अन्यत्र आवेदन दिएको छैन : गगन थापा

काठमाडौं-४ बाटै चुनाव लड्छु, अन्यत्र आवेदन दिएको छैन : गगन थापा

नेपालखबर
भदौ १५, २०७९ बुधबार १५:३०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्। 

कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन फारम सामाजिक सञ्जालमार्फत् बाहिरिएपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन्।

‘म काठमाडौँ–४ मै लड्छु। यता कसैले आवेदन मागेको छैन। मैले दिएको पनि छैन। तर, मेरो नाम सिफारिस भैहाल्छ,’ उनले नेपालखबरसँग भने, ‘कास्की १ बाट मनोनयन फारम दर्ता गरिएको बारेमा केही जानकारी छैन।’

महामन्त्री थापाले केही सञ्चारमाध्यमहरुमा आफूले काठमाडौँ–४ मा उम्मेदवार बन्नका लागि निवेदन दिएको बारेमा आएको समाचार प्रति पनि आश्चर्यता प्रकट गरे।

यसअघि भानुभक्त ढकालमार्फत उनका नाममा कास्की १ बाट उम्मेदवार बन्न दर्ता गरेको निवेदन सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad