ad ad

राजनीति


एमालेका सुरेन्द्र पाण्डेसँग लड्न कांग्रेसबाट स्वर्णिम वाग्ले र विश्व पौडेलसहित ६ जना तयार

चितवन १ मा कांग्रेसबाट टिकटका लागि रोचक प्रतिष्पर्धा
एमालेका सुरेन्द्र पाण्डेसँग लड्न कांग्रेसबाट स्वर्णिम वाग्ले र विश्व पौडेलसहित ६ जना तयार

नेपालखबर
भदौ १४, २०७९ मंगलबार २०:२०, काठमाडौँ

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट ६ जनाको नाम सिफारिस भएको छ। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, पूर्व उपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्ले, तीर्थराज खनियाँ, राज्यमन्त्री उमेश श्रेष्ठ, भीमप्रसाद थपलिया र राजेन्द्र बुर्लाकोटीसहित ६ जनाको नाम सिफारिस भएको कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेले नेपालखबरलाई जानकारी दिए।

'निर्वाचन क्षेत्रीय कार्यसमितिले उम्मेदवारको नाम तय गरेर जिल्ला कार्यसमितिमा पठाउनुपर्छ, उनले भने, 'त्यही आधारमा कांग्रेसको क्षेत्रीय कार्य समितिले मंगलबार ६ जनाको नाम पठाएको छ।'

अब ती नामबारेमा छलफल गरेर जिल्ला कार्यसमितिले आफ्नो रायसहित प्रदेशमा पठाउँछ। प्रदेशले पनि आफ्नो राय राखेर केन्द्रमा पठाउँछ।

‘क्षेत्रीय कार्यसमितिबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन ६ जनाको नाम सिफारिस गरेको छ,’ न्यौपानेले नेपालखबरसँग भने, ‘अब ती नाम जिल्लाले रायसहित जिल्ला र प्रदेशले पनि राय राखेर केन्द्रमा पठाउँछ।’

कांग्रेसले निर्वाचन क्षेत्र अनुसार कम्तीमा ३ जनाको नाम सिफारिस गर्न निर्देशन पठाएको थियो।

तर, एउटै क्षेत्रबाट ६ जनाको नाम सिफारिस भएको हो। चितवनको क्षेत्र नम्बर १ मा एमालेका सुरेन्द्र पाण्डेले २०७४ को चुनाव जितेका थिए। चितवनमा तीनवटा निर्वाचन क्षेत्र छन्। 

चितवनको क्षेत्र नम्बर १ मा एमालेका सुरेन्द्र पाण्डेले २०७४ को चुनाव जितेका थिए। चितवनमा तीनवटा निर्वाचन क्षेत्र छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .