नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यातायत क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको ध्यानाकर्षण गराएका छन्।
गृह मन्त्रालयमा भएको भेटमा ठूला चाडपर्व नजिकिएको अवस्थामा सार्वजनिक यातायातमा सुरक्षित यात्र र यातायातको व्यवस्थाबारे सहमहामन्त्री यादवले ध्यानाकर्षण गराएका हुन्।
यादव पार्टीको निवर्तमान यातायात समन्वय विभागका प्रमुख पनि थिए।
भेटमा ट्रक व्यवसायी महासंघ यातायात व्यवसायी महासंघको विधानबारे पनि कुराकानी भएको जनाइएको छ।
यातायात क्षेत्रमा देखिएका वर्तमान विषयबस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने भन्ने विषयमा पनि कुराकानी भएको थियो।
गृहमन्त्री खाण र सचिव पाण्डेले सहज यातायात व्यवस्थापनबारे मन्त्रालय सजक रहेको बताएका थिए।
आफूहरूले ठूला चाडपर्व नजिकिएको वेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिले बाटै पहल गरिरहेको बताएका थिए।
Shares

प्रतिक्रिया