राजनीति


ओलीको गुनासो : पहिले कम्युनिष्टले वृद्धवृद्धा मार्छ भन्थे, अहिले नागरिकता विधेयक रोक्यो भनेछन्

ओलीको गुनासो : पहिले कम्युनिष्टले वृद्धवृद्धा मार्छ भन्थे, अहिले नागरिकता विधेयक रोक्यो भनेछन्

निर्वाचन कमिटीको बैठकमा एमाले अध्यक्ष ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
भदौ १२, २०७९ आइतबार १७:२८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई नागरिकता दिन आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाएका छन्। 

विगतमा ६० वर्ष उमेर पुगेकाहरूलाई एमालेले मार्छ भनेर भ्रम छरे जस्तै अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैल्याउने कोसिस सत्तारुढ दलहरुले गरिरहेको ओलीले बताए। 

उनले त्यसको खण्डन गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिएका छन्। 

‌ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको? भन्दै सरकारलाई प्रश्न समेत गरे। 

नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रुपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताए। 

‘नेकपा (एमाले) जनताको हरेक समस्या समाधान गर्न चाहन्छ। जनताको समस्या समाधान गरी आएको पार्टी हो । एमाले नागरिकताको समस्या स्थायी रुपमा समाधान होस भन्ने चाहन्छ । अनि, एमालेकैविरुद्ध अहिले पनि भ्रम फिँजाउन खोज्ने?', उनले सोधे, 'पहिले-पहिले जस्तै ६० वर्ष भन्दा माथिकालाई गोली हानेर मार्छ भनेर गाउँमा कुदे जस्तै अर्को खालको भ्रम फिँजाउन खोज्ने? सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता देऊ। आमा वा बुबाको नाममा नागरिकता छ भने आमा वा बुबाको नाममा नागरिकता देऊ। किन अल्झाएर राख्ने? तर, संसदीय प्रक्रिया त हुन्छ नि! अनि संसदीय प्रक्रिया मिच्न एमाले बाधक भयो भनेर बहाना बनाउने? यस्ता कपटपूर्ण दुष्प्रचार गठबन्धनले गर्छ भने जोडदार खण्डन गर्नु पर्दछ। हामी नागरिकताको स्थायी समाधान चाहन्छौँ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन जित्नैपर्ने दोहोर्याएका छन्।

राष्ट्रको हितको रक्षा र सम्मानका लागि, राष्ट्रियताको रक्षा र सम्वर्द्धनका लागि, मुलुकको स्वाधिनताको सही ढंगले प्रयोग गर्न एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उनको तर्क थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad