कारोबार


सीजीले सार्वजनिक गर्‍याे आईपीटीभी, २५७ च्यानल हेर्न पाइने

सीजीले सार्वजनिक गर्‍याे आईपीटीभी, २५७ च्यानल हेर्न पाइने

नेपालखबर
भदौ १२, २०७९ आइतबार १५:५४, काठमाडौँ

सीजी कम्युनिकेशनले इन्टरनेटसँगै आईपीटीभी ल्याएको छ।

१ वर्षअघि सीजीनेट सार्वजनिक गरेको कम्पनीले आईपीटीभी सार्वजनिक गरेको हो। 

कम्पनीले जोडी प्याकेज अन्तरगत सस्तो मूल्यमा इन्टरनेट र आईपीटीभी ल्याएका छन्। जसअन्तरगत ८० एमबीपीएको इन्टरनेटसँगै आईपीटीभी ८१० रुपैयाँमै जडान हुने भएको छ। 

पपुलर जोडी अन्तरगर्त १५५ एमबीपीए र आईपीटीभीको १ हजार ५५ रुपैयाँ रहेको छ। रकस्टार जोडी अन्गतरगत ३०५ एमबीपीएस र आईपीटीभीको १ हजार ३७४ रुपैयाँ प्रतिमहिना रहेको छ। 

३ महिना र १२ महिनाको  प्याकजेमा थप छुट दिएको छ। ८० एमबीपीएस र आईपीटीभी २६ सय ४० रुपैयाँ र १ वर्षको ९ हजार ७२० रुपैयाँ रहेको छ। 

कम्पनीले इन्टरनेट मात्रैको सुविधा दिँदा ग्राहकले आईपीटीभी पनि माग अनुसार डीटीएच सार्वजनिक गरेको जनाएको छ। आईपीटीभीमा २५७ च्यानल आउने छन्। 

सीजी कम्युनिकेसनले आईपीटीभीसँगै ग्रान्ड जोडी अफर पनि सार्वजनिक गरेको छ। दशैं तिहार र फुटबल वर्ल्डकप लक्षित ग्रान्ड ३२ र ४३ ल्याएको छ। 

कम्पनीले सस्तो मूल्यमा इन्टरनेट, आईपीटीभी र स्मार्ट टीभी पाउने भएका छन्। २५ हजार ५०० मै ३२ इन्चको टीभी, इन्टरनेट र आईपीटीभी सेवा पाउने भएका छन्। 

त्यस्तै ३६ हजार ४३ इन्चको टीभी, आईपीटीभी र इन्टरनेट सुविधा दिने भएको छ। जसमा ८० एमबीपीएसको इन्टरनेट रहने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad