राजनीति


एमाले केन्द्रीय कमिटीको बैठक सुरु

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

नेपालखबर
भदौ ११, २०७९ शनिबार ११:५७, काठमाडौँ

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट केन्द्रीय कमिटी बैठक सुरु भएको हो। 

केन्द्रीय सदस्य निरु पालले सामाजिक सञ्जालमार्फत् बैठक सुरु भएको जानकारी दिएकी छन्। ‘नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक दोस्रो दिनको बैठक सुरु,’ उनले लेखेकी छन्। 

शुक्रबारबाट सुरु भएको बैठकमा शनिबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ। राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिएको छ।

एमाले प्रचार विभागका अनुसार प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले शनिबार नै जवाफ दिने कार्यक्रम रहेको छ। 

बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने संघ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटेर प्रतिवेदन पेस गरेका थिए। 

प्रतिवेदनमा वर्तमान सरकार र सत्ता गठबन्धनका कारण राष्ट्रियता, लोकतन्त्र र जनजीविकामा गम्भीर संकट निम्त्याएको उल्लेख छ। यस्तै पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मतको अभाव रहेको भन्दै त्यसको पूर्ति गर्न आवश्यक कदम चाल्ने पनि अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad