ad ad

राजनीति


‘गठबन्धनका कारण संघीय प्रणाली र प्रदेश संरचनामा वितृष्णा बढ्यो’

‘गठबन्धनका कारण संघीय प्रणाली र प्रदेश संरचनामा वितृष्णा बढ्यो’

फाइल तस्बिर


नेपालखबर
भदौ १०, २०७९ शुक्रबार १३:५०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारको मनपरीका कारण संघीय प्रणाली र प्रादेशिक संरचनाप्रति वितृष्ण बढेको बताएका  छन्। 

शुक्रबारदेखि च्यासलमा सुरु चौथो केन्द्रीय कमिटी बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमार्फत ओलीले यस्तो टिप्पणी गरेका हुन्। 

उनले आफ्नो राजनीतिक प्रतिवेदनको सुरुमै कांग्रेस नेतृत्वको गठबन्धन सरकारले मनपरी मन्त्रालय र मन्त्रीहरु थप्दा अहिलेसम्म प्राप्त उपलब्धीप्रति नै वितृष्णा बढेको बताएका छन्। 

'प्रदेशहरूमा मन्त्रालय र मन्त्रीहरूको सङ्ख्या जथाभावी विस्तार गरिएको छ। अर्कातिर गठबन्धनले बेथिति बढाइरहेको छ', ओलीले प्रतिवेदनमा भनेका छन्, 'यही बेथितिका कारण जनतामा प्रादेशिक संरचना, सङ्घीय प्रणाली र समग्रमा राजनीतिक उपलब्धिहरूप्रति नै वितृष्णा बढ्न थालेको छ।'

उनले गठबन्धनको अदूरदर्शी नीतिका कारण यस्तो संकट आएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन्। 

'यसबाट अनुचित लाभ लिन चाहनेहरुलाई बल मिलेको छ। पछिल्ला राजनीतिक उपलब्धीहरु गठबन्धन सरकारका असन्तुलित, अदूरदर्शी नीतिका कारण जोखिममा परेको छ', उनले भनेका छन्, 'नेपाल भूराजनीतिक प्रतिस्पर्धामा जाँदैछ। गैरजिम्मेवार क्रियाकलापका कारण मुलुक संकटतिर धकेलिएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .