राजनीति


गठबन्धन बैठकमा कुन दलले कति सिट दाबी गरे?

गठबन्धन बैठकमा कुन दलले कति सिट दाबी गरे?

नेपालखबर
भदौ ९, २०७९ बिहिबार २०:५२, काठमाडौँ

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दाबी पेश गरेका छन्।

बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसले एक सय सिटमा दाबी गरेको छ। 

यस्तै, नेकपा माओवादी केन्द्रले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४० र जनता समाजवादी पार्टीले ३५ सिटमा दाबी गरेको कार्यदलका एक सदस्यले जानकारी दिए।

राष्ट्रिय जनमोर्चाले बाग्लुङ र प्युठान बटमलाइनसहित दुई सिट नघट्ने गरी मागेको छ।

सत्तारूढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटको लागि बनाएको कार्यदलमा पाँच वटै दलले आफ्नो दाबी औपचारिक राखेका हुन्।

कार्यदलको बैठक शुक्रबार पनि बस्नेछ। शुक्रबार दिउँसो ४ बजे बस्ने बैठकमा निर्वाचन क्षेत्रको अवस्थासहित छलफल गर्ने ती नेताले बताए। 

प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १ सय ६५ सिट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad