नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि पाँच बुँदे मापदण्ड तय गरेको छ।
बिहीबार बसेको पोलिटब्युरो बैठकबाट पाँच बुँदे मापदण्ड बनेको स्थायी समिति सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
मंसिरका चार गतेको चुनावको लागि एक्लै तयारी गर्नुपर्ने निष्कर्षमा पुगेको एमालेले निर्वाचन केन्द्रीत कार्यक्रम गर्ने पनि निर्णय गरेको छ।
निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मापदण्ड बनाइएको तामाङले नेपालखबरलाई बताए।
पहिलो, पार्टी नीति प्रति प्रतिबद्ध रहेको।
दोस्रो, लोकप्रिय, जनतामा प्रभाव पार्न सक्ने।
तेस्रो, आन्दोलनमा योगदान गरेको, निष्ठावान, पार्टीलाई सहयोग गरेको ।
चौथो, सन्तुलित, समानुपातिक र सबै क्षेत्र, वर्गबाट सहभागी
र पाँचौ, निर्वाचन कानुन अनुसार योग्य व्यक्तिलाई प्रदेश र प्रतिनिधि सभामा उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ।
अध्यक्ष केपी शर्मा ओली आफैँले उम्मेदवार छनौट गर्नेछन्। एमाले केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौंमा बस्दैछ।
Shares
प्रतिक्रिया