नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सभापति विनोद बस्नेतमाथि कार्यकर्ताले हातपात गरेका छन्।
आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका विषयमा विवाद हुँदा उनलाई कुटपिट गरिएको हो।
बस्नेतलाई विराटनगर महानगरपालिका-३ स्थित वन कार्यालय अगाडिको चिया पसलमा बिहीबार बिहान कांग्रेस कार्यकर्ताले नै हातपात गरेका हुन्।
आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रदेशको समानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दै पुगेका राजु थापाले हातपात गरेका हुन्।
273
Shares

प्रतिक्रिया