राजनीति


एक वर्षे उपलब्धिबारे एकीकृत समाजवादी भन्छ : एमालेलाई सत्ताबाट झार्यौँ, कांग्रेससँग गठबन्धन बनायौँ

एक वर्षे उपलब्धिबारे एकीकृत समाजवादी भन्छ : एमालेलाई सत्ताबाट झार्यौँ, कांग्रेससँग गठबन्धन बनायौँ

नेपालखबर
भदौ ८, २०७९ बुधबार १८:२०, काठमाडौँ

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले बिहीवार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ।

एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो। 

गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको थियो।

त्यसपछि भदौ ९ गते उक्त पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो। बुधवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीवार १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको बताए। 

उनले आफूहरुको पार्टी पुनर्गठन पश्चात पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र कांग्रेससहितका लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए। 

‘पहिलो परिणाम प्रतिगमनकारी क्रियाकलाप गर्ने नेकपा(एमाले)को नेतृत्व झुण्डलाई सत्ताबाट तल झारेका छौँ', उनले भने, 'देशभरीका लोकतान्त्रिक, समाजवादी शक्तिलाई एक ठाउँमा उभ्याएर, जुटाएर नेपालको संविधानलाई जोगाउने, राजनीतिक स्थायित्व प्रदान गरेका छौँ। हाम्रा त्यही प्रयासका कारणले आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ।'

उनले पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको बताए। २ लाख भन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको पनि उनले जानकारी दिए। त्यस्तै पार्टीको निर्वाचन चिन्ह कलमको व्यापक प्रचार–प्रसार भइसकेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad