ad ad

फोटोफिचर


बागमतीमा पौडी (फोटो फिचर)


सरोज बैजु
भदौ ९, २०७९ बिहिबार १४:६, काठमाडौँ

बर्षा लागेसँगै निरन्तर आएको बाढीले बागमती नदी केही सफा देखिएको छ।

काठमाडौंबासीले फोहोर फ्याँकेर दूषित बनाएको बागमतीमा झन्डै एक दशकदेखि सफाइ अभियान चलिरहेको छ।

बागमती सफाइ अभियानका क्रममा फोहोर फ्याँक्ने क्रम घटे पनि पूरै सङ्लो पानी अझै बग्न सकेको छैन।

बागमती पशुपतिनाथ परिसरभन्दा उत्तरतर्फ केही सफा छ। तर गौशालाबाट दक्षिण लागेपछि बागमती दूषित हुँदै धमिलो बग्न बाध्य छ।

सफाइ अभियान पूरै सफल नहुँदा बागमतीले पुरानै स्वरुपमा फर्किन अझै कुर्नुपर्ने अवस्था छ।

बर्खे भेलले बागमती केही सफा भएपछि चराचुरुङ्गीहरू नदी क्षेत्रमा देखिन थालेका छन्। अर्कातिर उपत्यकाका बालबालिकाहरु पनि पौडी खेलेर रमाउँछन्।

बर्खे भेलले केही सफा भएको बागमतीको गुह्येश्वरी क्षेत्र पुग्दा केही किशोरहरू पौडी खेलेर रमाइरहेका देखिए।

उनीहरु घरी पुलबाटै डाइभ हान्थे त घरी दुई तर्फको डिलबाट बागमतीमा हामफाल्थे। घाम लागेर तातिएको मौसममा बागमतीको धमिलो पानी पनि उनीहरुका लागि रमाउने माध्यम बन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .