राजनीति


प्रदीप गिरिको निधनको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने, कार्यालय बन्द गर्ने

प्रदीप गिरिको निधनको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने, कार्यालय बन्द गर्ने

गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली दिँदै कांग्रेस नेताहरु। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ ५, २०७९ आइतबार १२:५४, काठमाडौँ

नेपाली कांग्रेसले समाजवादी चिन्तक नेता प्रदीप गिरीको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतवार पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको आकस्मिक बैठकले यो निर्णय लिएको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्युचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतवार, सोमबार र मंगलबार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय बैठकले गरेको छ।

बैठकले शोक श्रद्धाञ्जली कार्यक्रमबाहेक पार्टीका अरु सबै गतिविधि स्थगित गर्ने निर्णय पनि गरेको छ।

बैठकले सोमबार केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने निर्णय भएको पनि पौडेलले बताए। 

बैठकले स्वर्गारोहणको १३ औँ दिन भदौ १६ गतेसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ। 

पौडेलका अनुसार निधनको १३ औँ दिन भदौ १६ गते केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गरिने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad