नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले नेकपाका वरिषठ नेता एवं पूर्वप्रधानमनत्री माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।
राजदूत पुरीले सोमबार नेता नेपालको निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन्।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।
भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो। दुई देशबीच अहिले सीमा विवाद उत्पन्न भएकाले कूटनीतिक र राजनीकिक तहबाट समाधानको पहल भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेषदूतका रुपमा पठाउने तयारी गरेका छन्। रासस
प्रतिक्रिया